काठमाडौं, २ कार्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न अनुमति दिएको छ ।
लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।
अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरेर आजै काठमाडौंबाट कास्की लैजाने प्रहरीको तयारी छ ।
सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो ।














