रवि लामिछानेलाइ पक्राउ गर्न कास्की जिल्ला अदालतले दियो अनुमति



काठमाडौं, २ कार्तिक । कास्की जिल्ला अदालतले रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न अनुमति दिएको छ ।

लामिछानेविरुद्धको पक्राउ पुर्जी लिनको लागि कास्की प्रहरीका अधिकारीहरु आजै जिल्ला अदालत पुगेका थिए ।

अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरेर आजै काठमाडौंबाट कास्की लैजाने प्रहरीको तयारी छ ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिले लामिछानेलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको थियो ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ५ : २० बजे