काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका (रासपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।गत शुक्रबार पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेश गरिएको हो ।
शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति नै पोखरा ल्याइएको थियो ।
शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।
लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि न्यायाधीश नबराज दाहालको इजलासमा पेश गराइएको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ ।
उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए ।














