काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन्। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ।
संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको गुनासो सभापतिहरूले गरेपछि सभामुखले छलफल थालेका हुन्।
बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन्।














