काठमाडौं । मंगलबार नेप्से २५.८८ अंक बढेको छ। आज नेप्से परिसूचक ०.९८ प्रतिशतले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो ।
अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोड मात्र भयो। १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे।
रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य ४।७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे।










