सिप्रदीको धनतेरस एक्सचेन्ज धमाका,टियागो इभी बुकिङ्ग गर्दा सुनको असर्फी वा आइ फोन १६ प्रो



काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ। धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिने सिप्रदी ट्रेडिङले जनाएको छ।

यस वर्षको धनतेरस एक्सचेन्ज धमाका कार्तिक ८, ९, र १० गते सम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा चल्नेछ ।यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्ने सिप्रदी ट्रेडिङले जनाएको छ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ४ : ४५ बजे