काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न जरुरी नरहेको बताएका छन् ।
बुधबार ट्विटरमा लेख्दै काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्दा रुवावासी गर्न जरुरी नरहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ’, ।
शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव समेत दिएका छन् ।आफ्नै दलका सांसद संलग्न भएर तयार पारेको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्दा राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको उनको भनाइ छ । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन अनुसार कानुनी प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान भएको शर्माको भनाइ छ ।
उनले अन्धभक्तहरुले पार्टी र देश बनाउन नसक्ने पनि दाबि गरेका छन् । अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु ।निस्चयनै लोभ र डरले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ।,उनले भनेका छन् ।














