काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेर बन्द भएको छ ।आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ ।
नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।










