कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री मदनबहादुर अमात्य प्रमुख रहेको नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा सदस्यहरु मनोनयन गरेका भएको छन् ।

मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।

सभापति देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ ९९० बमोजिम मनोनित गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  ८ : ३० बजे