काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस (तस्बिरहरु)



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिबार काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ ।

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको थियो ।

बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारीसभा गरेको माओवादीको दाबि छ ।

सभालाइ माओवादी अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार  ७ : ०१ बजे