दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु



काठमाडौं। अमेरिकामा रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि खुसीको खबर छ।

अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ।

टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो चलचित्रको प्रदर्शनसुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। अब यो चलचित्कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा

बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। यसअघि अक्टोबर ३ नेपालसँगै मा
क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनःप्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

नेपाल र अमेरिकामा यो चलचित्रलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्तभएको छ। यस चलचित्रको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई,खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमाखरिद गरेका छन्।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रमानिश्चल र स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रनखड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिरसिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, ररामबाबु रेग्मी लगायतले अभिनय गरेका छन्।

प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार  ३ : ४७ बजे