काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दन दिएको जग्गामा तत्काल काम नथाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले नेकपा एमालेलाई उक्त आदेश जारी गरेको हो । संयुक्त इजलासमा छलफल पछि मात्रै उक्त मुद्दामा अन्तरिम आदेश जारी हुने कि नहुने टुंगो लाग्नेछ ।
भ्रष्टाचारमा दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको रिटमा दाबी गरिएको थियो ।
सर्वोच्चले यो विवादमा रिट निवेदकहरु, विपक्षी नेकपा एमालेर भाटभटेनी मालिक मीनबहादुर गुरुङलाई छलफलमा समेत बोलाएको छ














