काठमाडौं ।स्थानिया बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।










