काठमाडौं । सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ ।
कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ । मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुखले बताइन् ।
आज बयान सकिएसँगै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।














