काठमाडौं । सिप्रदी ट्रेडिङले त्रिशक्ति पशुपति दर्शन यातायातलाई अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले रूपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२र६२ बीएस ६ माग्न्वा बस हस्तान्तरण गरेको हो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यी गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छन् ।कम्पनीका अनुसार, यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्ने हुनाले प्रदूषण घटाउँन सहयोगि हुने सिप्रदी ट्रेडिङले जनाएको छ । अत्याधुनिक प्रविधि प्रयोग भएका र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँने पनि कम्पनिले जनाएको छ ।
“अत्याधुनिक माग्नार गाडीहरूले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौँ । साथै, अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्ने छ,” सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने ।
त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि. पश्चिम नेपाल बस ब्यबसायी प्रा. लि. र भेरी यातायात प्रा.लि. को सहकार्यमा लुम्बिनिदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आएको हो।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको बताए ।यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क रहेको थियो।