चर्चित नायिका स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’



काठमाडौं । चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन्।

बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग -एनपिएल_ को लागि खड्कालाई आबद्ध गरेको जनायो।

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन्। उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन्। ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन्। नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ। त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो।’

उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन्।
कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द छ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ११ : ०७ बजे