सूनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ११ : ११ बजे