काठमाडौं । धितोपत्र बजार मापक सेयर बजार (नेप्से ) ५१.११ अंकले घटेको छ । नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ को विन्दुमा पुगेको हो ।अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको कारोबार भएको छ ।
सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे ।










