काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पूगेर बन्द भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।
बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ ।










