बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा



काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार ३१.३१ अंकले घटेको हो।

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८५ अंकले घटेको छ।

आज कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता सेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार ७ अर्ब ९ करोडको सेयर खरिदबिक्री भएको थियो। बुधवारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ।

आज नेप्से परिसूचका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार  ४ : ३७ बजे