काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार १३.०३ अंकले घटेको छ । परिसूचक ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटेको छ ।
५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।










