सुनको मूल्य फेरी घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनूसार आज मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको छ ।

आज छापावला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०८१ मंगलबार  ११ : २१ बजे