काठमाडौँ– बुधबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३८.८१ अंक बढेर बन्द भएको छ।आजको वृद्धिपछि नेप्से २७५६ मा कायम भएको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो।
आज कारोबार रकम एक अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ।यस दिन ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
मंगलबार सात अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
यस दिन २०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। ३८ कम्पनीको सेयर मूल्य भने घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर छ।
आज विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढे ।
सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक घटेको छ।
आज व्यापार समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ।










