काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले तीन वटा बेलिब्रीज नेपाललाई हस्तान्तरण गरेको छ ।
७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो ।
पुल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताए ।










