काठमाडौं । आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । आज नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ।
आज आठ अर्ब ८३ करोड २२ लाख रुपैयाँमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर कारोबार भएको छ ।
बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो ।
पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।