मंगलबार सेयर बजार १७.८० अंकले बढ्यो, आठ अर्ब ५२ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १७.८० अंकले बढेको छ । आज नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ को विन्दुमा पुगेको हो ।

४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । ङादी ग्रुप पावरको ८।६, शिवश्री हाइड्रोको ८।१ तथा छ्याङ्दी हाइड्रोको ७।३ प्रतिशत मूल्य बढ्यो ।

यस दिन आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँमा एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर कारोबार भएको नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार  ४ : २२ बजे