शुक्रबार सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार  ११ : ०७ बजे