२८.९१ अंकले बढ्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २८.९१ अंकले बढेको छ ।

सोमबार समग्र बजार मापक परिसूचक २६१२.२० को विन्दुमा पूगेको हो । यस दिन ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ बराबर कारोबार भएको छ ।

सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ।

आज १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ३ : ५० बजे