लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर हुनुपर्छ : योगेश भट्टराई



काठमाडौं । सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर हुनुपर्ने बताएका छन् ।

आज सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका हुन्।

‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन्। अदालतमा उपस्थित हुन राम्रो हुन्छ,’ भट्टराईले समिति सभापति पोखरेललाई लक्ष्य गर्दै भने, ‘यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ। यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रष्ट बनाइदिनुस्।’

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ४ : १३ बजे