सहकारी ठगी प्रकरण : छविको बयान पछि रविको पालो



काठमाडौं। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका आरोपीहरूको बयान सुरु भएको छ ।

सोमबारबाट जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आरोपीहरूविरुद्धको बयानको प्रक्रिया सुरु भएको हो ।

कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान बाँकी नै रहेको र आजपनि उनीसँग बयान लिइने बताइएको छ । मंगलबार रास्वपा सभापति रवि लामिछानेलगायतको बयान हुनेछ ।

सोमबार बयायनका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो । जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ ।

प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार  ११ : २१ बजे