ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या



काठमाडौं । ललितपुरमा एक विद्यार्थीको हत्या गरिएको छ ।

सोमबार (हिजो) च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या गरिएको हो ।

गुरुङको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गन २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार  १२ : ३९ बजे