सहकारी ठगी प्रकरण: छविको बयान सकियो, लिलाको बयान पछि रविको



काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारबाट न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पूर्व डीआईजी छविलाल जोशीको बयान मंगलबार दिउँसो सकिएको छ ।

छविको बयान सकिएसँगै आजै लिला पछाईंको बयान सुरु भएको छ । लिलाको बयानपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेको बयान हुनेछ ।

प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार  ४ : ५७ बजे