पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको हो ।
जिल्ला अदालत कास्कीका अनूसार छविलाल जोशीको बयान सकिएपछि लीला पछाईको बयान चलिरहेको छ । लीला पछाईको बयान सकिएपछि रविको बयान सुरु हुनेछ ।














