प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस



काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन्।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रकाशित मिति : पुस १४, २०८१ आईतबार  १२ : ४० बजे