राष्ट्रपति पौडेलले जारी गरे सहकारी अध्यादेश



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

अध्यादेशमा सहकारी संस्थाका साना बचतकर्ता (५ लाखसम्म निक्षेप गरेका)लाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने प्रावधान गरिएको सरकारले बताएको छ।

प्रकाशित मिति : पुस १४, २०८१ आईतबार  १ : १६ बजे