तोलामा एक हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : पुस १७, २०८१ बुधबार  ११ : १० बजे