भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक समितिबाट पारित, अब प्रतिनिधिसभामा पेश हुने



काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।

उनले भने,‘भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको घोषणा गर्दछु ।’

समितिबाट विधेयक पारित भएको अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  २ : ०० बजे