पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा



काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली उनको निवास बुढानीलकण्ठ पुगेका उनको सचिवालयले जनाएको छ।

करिब दुई घण्टा लामो भेटमा पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ७ : ४६ बजे