तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार  ११ : १५ बजे