लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध ठगी आरोप, पदबाट हटाईयो



काठमाडौं । प्रतिनिधिसभा अनर्गतको सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ ।

पोखरेलमाथि ठगीको आरोप लागेपछि उनलाई शुक्रबार एक सूचना जारी गर्दै पदबाट हटाईएको हो ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

अनिलकुमारमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ५० बजे