तोलामा एक हजार पाँच सय रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २१, २०८१ आईतबार  ११ : ३९ बजे