काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।










