प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु



काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको दोस्रो दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

दोस्रो दिनको बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो।

छलफलका लागि केन्द्रीय सदस्यले ३ मिनेटको समय पाउने भएका छन्।

प्रकाशित मिति : पुस २२, २०८१ सोमबार  १२ : ३४ बजे