तिब्बत भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३  पूग्यो



काठमाडौँ । चीनमा गएको भूकम्पमा परी अहिलेसम्म ५३ जनाको मृत्यु पुष्टि भएको छ।

मंगलबार बिहान गएको भूकम्पमा परी ५६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।

नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार  १२ : ११ बजे