काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् ।
मंगलबार एमाले केन्द्रीय कमिटी बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुई तिहाइ संख्या पुग्ने सम्भावना नभएकाले तत्काल संविधान संशोधन भइहाल्ने अवस्था नरहेको बताएका हुन् ।
संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ, संविधान संशोधन ०८७मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।ओलीको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’
यसैबिच एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलले प्रस्तुत गर्नु भएको संगठन सम्बन्धी जानकारी पारित भएको छ ।’
बैठकमा महत्वपूर्ण १४ वटा विशेष प्रस्तावहरु पारित गर्दै बैठक समापन भएको छ ।