गाजामा युद्धविराम गर्न इजरेल र हमास सहमतिनजिक, छिट्टै सम्झौता सार्बजनिक हुने



काठमाडौं । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक गर्न लागेका छन्। युद्धविराम गर्ने सहमतिका लागि इजरेल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेको सङ्केतहरू प्राप्त भएका छन्।

दुई पक्ष युद्धविराम र बन्धक मुक्तिका सर्तहरू टुङ्ग्याउने चरणमा पुगेको उक्त वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बताए।

गाजामा युद्ध सुरु भएपछि दुवै पक्षका प्रतिनिधिहरूले पहिलो पटक एउटै भवनमा भेट गरेको बुझिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने ूसँघारमा पुगेकोू र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताए। त्यसलगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो।

एक इजरेली अधिकारीले पनि रोएटर्स समाचारसंस्थालाई वार्ता ूनिकै अगाडिको चरणमाू पुगेको बताएका छन्। उनका अनुसार केही ूघण्टा, दिन वा थप केही समयमाू सम्झौता हुन सक्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र सोमवार वार्ताको मध्यस्थता गरिरहेका कतारका अमिर शेख तमिम बिन हमाद अल(थानीसँग कुराकानी गरेका थिए।

हमास र इजरेली अधिकारीहरूबीच पनि एउटै भवनमा सोमवार अनौपचारिक छलफल भएको थियो।

उक्त सहमतिमा पर्न सक्ने केही सम्भावित विवरणबारे खुलाउँदै ती अधिकारीले भनेका छन् ,ूप्राविधिक कुरामा विस्तृत छलफल हुँदा लामो समय लाग्यो।

सहमति भएका विषय के-के छन्

दुवै पक्ष पहिलो दिन हमासले तीन बन्धक मुक्त गर्न सहमत देखिएका छन्। त्यसपछि इजरेलले बाक्लो बस्ती भएका क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान सुरु गर्ने छ।

सम्झौताको सात दिनपछि हमासले थप चार बन्धक मुक्त गर्ने र इजरेलले दक्षिणी गाजाबाट विस्थापित भएका मानिसहरूलाई उत्तरतर्फ फर्कन अनुमति दिने छ। तर उनीहरू तटीय मार्गबाट पैदलै फर्कनुपर्ने इजरेलको सर्त छ।बीबीसीबाट

प्रकाशित मिति : माघ १, २०८१ मंगलबार  ६ : ०५ बजे