छलफलका लागि कांग्रेसका सबै मन्त्रीलाई देउवाले बोलाए निवासमा



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल सबै मन्त्रीलाई छलफलका लागि बोलाएको छ ।

देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति मन्त्रीहरूलाई बोलाएका हुन् ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  १ : ४८ बजे