तोलामा १२ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ११ : १८ बजे