तोलामा १३ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौँ – स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ११ : ३२ बजे