काठमाडौँ – स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














